सप्तकोसीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन
सोमबार, ०८ वैशाख २०८२, ११ : ५६
काठमाडौँ । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । सोमबार बिहान खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी बस्ने १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरी नम्बर–१ बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ को टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गोताखोरले घटनास्थल आसपासको क्षेत्रमा खोजी कार्य सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण