अमेरिकासँगको व्यापार वार्ताबाट यस्तो अपेक्षा राखिरहेछन् कोरियाली राष्ट्रपति
वासिङटन डीसी । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले अमेरिकासँगको व्यापार वार्ता सजिलो नहुने बताएका छन् । तर दुई देशबिच राम्रो सहयोगको सुरुवात हुने आशाचाँहि उनले व्यक्त गरेका छन् । दक्षिण कोरियाका अर्थमन्त्री र उद्योगमन्त्रीले अप्रिल २४ मा बिहान ८ बजे अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरलाई भेट्ने हानले भनेका छन् ।
दुवै देशलाई फाइदा हुने समाधान खोज्न सकियोस् भनेर दक्षिण कोरियाले अमेरिकासँग शान्तिपूर्ण र गम्भीरतापूर्वक वार्ता गर्ने प्रयास गर्ने उनले बताए । हानले भने– ‘अमेरिकासँगको वार्ता प्रक्रिया सजिलो हुनेछैन र मलाई थाहा छ कि यस प्रक्रियाको बारेमा मानिसहरूको अपेक्षा र चिन्ता दुवै छ ।’
अर्थतन्त्रबारे दक्षिण कोरियाली सरकारी अधिकारीहरूसँग भएको बैठकमा उनले यो कुरा बताएका हुन् । अप्रिलमा अमेरिकाले विश्वभरका दजनौँ देशहरूमाथि पारस्परिक भन्सार महसुल लगाउने घोषणा गरेको र्थियो । त्यसबेलादेखि धेरै देशहरूले व्यापारको मुद्दामा अमेरिकासँग वार्ता गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण