अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
ब्रिसबेन । अस्ट्रेलियामा आइतबार न्यु साउथ वेल्सको तटस्थित ढुङ्गामा च्यापिएर एक नौ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार आकस्मिक टोलीले ती बालकलाई भेट्टाउन सके पनि उनलाई मृत भेटिएको बताइएको छ ।
आइतबार बिहान तटमा एक पिता र छोराको उद्धार गर्न हेलिकप्टर गएको थियो । १४ वर्षीय छोराको उद्धार गरिएको भए पनि पिताको चाहिँ मृत्यु भएको भनिएको छ ।
भिक्टोरियाका प्रहरीहरूले शुक्रबारदेखि बेपत्ता रहेका ४१ वर्षका एक पुरुषलाई खोजिरहेका छन् । योसँगै गएको सप्ताहान्तमा मात्रै डुबेर मर्नेको सङ्ख्या सात पुगेको छ ।
अधिकांशको मृत्यु समुद्री तटबाट ढुङ्गामा बसिरहेको समयमा बलियो छालले बगाउँदा भएको हो । दुई जना अझै पनि बेपत्ता रहेको भनिएको छ । इस्टरको बिदाका कारण लम्बिएको सप्ताहान्तमा भएका यस घटनालाई निकै खराब बताइएको छ ।
धार्मिक पर्वको समयमा रमाइलो गर्न निस्किएकाहरूका लागि सप्ताहान्त निकै भयावह बनेको न्यु साउथ वेल्समा सर्फ लाइभ सेभिङका सीईओ स्टेभन पियर्सले भने । गुड फ्राइडेयता मात्रै आफूहरूले १५० भन्दा धेरै पटक उद्धार गरेको सर्फ लाइभ सेभिङले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण