लिभरपुलमै रहलान् कि रियल म्याड्रिड बसाइँ सर्लान् ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड ?
काठमाडौँ । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा लिभरपुल उपाधिको अत्यन्तै नजिक पुगेको छ । प्रिमियर लिगमा सहभागी अधिकांश टोलीले सिजनको पाँच–पाँच खेल खेल्न बाँकी रहँदा लिभरपुलले आफ्नो निकेट्तम प्रतिद्वन्द्वी आर्सनलसँग १३ अंकको अग्रता हासिल गरिसकेको छ ।
तर, लिभरपुलले उपाधिका लागि अझै केही समय पर्खनुपर्नेछ । उपाधि यात्रालाई बलियो बनाउन लिभरपुलका लागि लेस्टर सिटीविरुद्धको पछिल्लो खेल निकै महत्वपूर्ण थियो । उक्त खेलमा घरेलु टोली लेस्टरले अन्तिम समयसम्म लिभरपुलाई चर्को दबाबमा राखेको थियो ।
तर, घाइते जीवनबाट मुक्त भएर मैदानमा फर्किएका प्रभावशाली मिडफिल्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले खेलको अन्त्यतिर आकर्षक गोल गरेपछि लिभरपुलको जित सम्भव भएको थियो । उनले निर्धारित समयको ७६ औँ मिनेटमा गोल गरेपछि लिभरपुलले थप तीन अंक हात पार्यो ।
गोलीगाँठोको चोटबाट मुक्त भएर मैदानमा फर्किएपछि अर्नोल्डले क्लबका लागि गरेको यो पहिलो गोल हो । उनले देब्रे खुट्टाले आकर्षक गोल गरेका थिए । रेलिगेसनमा पारेको लेस्टर सिटीविरुद्ध गोल गरेपछि उनले खुसीयाली मनाउन अपनाएको शैली अहिले चर्चाको विषय बनेको छ ।
गोल गरेपछि खुसीयाली मनाउने क्रममा २६ वर्षीय मिडफिल्डर अर्नोल्डले आफ्नो जर्सी फुकालेर कर्नर फ्ल्यागमा टाँगेका थिए । उनको खुसीयाली मनाउने यो शैलीका कारण लिभरपुलका समर्थकहरु पनि आशंकित देखिएका छन् ।
खासमा, लामो समयदेखि अर्नोल्ड लिभरपुल छाडेर स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडमा आबद्ध हुने चर्चा चलिरहेको छ । उनी आफैले पनि यस विषयमा अन्योलपूर्ण जवाफ दिने गरेका छन् । ‘जे पनि हुन सक्छ । तर, अहिले नै म केही बोल्न चाहन्न । समय आएपछि सबै थाहा हुन्छ,’ उनी भन्छन् ।
के वास्तवमै अलेक्जेन्डर अर्नोल्डले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध हुन आफूले सबैभन्दा माया गरेको क्लब र आफ्नै गृहशहरलाई मायाँ मार्लान् त ? उनका गतिविधिहरुलाई नजिकबाट नियाल्दै आएका विश्लेषकको विचारमा यो सम्भावना बढी छ ।
लामो समयको अन्यौलपछि मोहम्मद सलाह र भर्जिल भान जिकले लिभरपुलसँग नयाँ सम्झौता गरेजस्तै अर्नोल्डले पनि आफ्नो बाल्यकालको क्लबसँग सम्झौता नविकरण गर्नेमा पनि धेरै समर्थक आश्वस्त देखिन्छन् । तर यथार्थ भने अर्नोल्ड, लिभरपुल र रियल म्याड्रिडलाई मात्र थाहा छ ।
सन् २०१६ मा लिभरपुलको सिनियर टोलीमा ‘डेब्यू’ गरेका अर्नोल्डले क्लबका लागि तीन सय ५० खेल खेलिसकेका छन् । त्यसअघि सन् २००४ देखि सन् २०१६ सम्म उनले लिरभपुलकै युवा टोलीमा बिताएका थिए ।
लिभरपुलका प्रशिक्षक आर्ने स्लटले पनि अर्नोल्डको बारेमा अन्यौलपूर्ण जवाफ नै दिएका छन् । सम्भवतः उनलाई पनि यसबारेमा जानकारी नहुन सक्छ । उनी भन्छन्, ‘मसँग उनले गरेको गोलको जवाफमात्र छ । वास्तवमै उनले उत्कृष्ट गोल गरे । आगामी दिनमा पनि उनले आफ्नो सम्पूर्ण ध्यान उत्कृष्ट प्रदर्शनमै केन्द्रीत गर्नु आवश्यक छ ।’
जे भए पनि अर्नोल्डको खुसीयाली मनाउने यो शैली लिभरपुलका करोडौँ समर्थकको स्मरणमा लामो समयसम्म ताजै रहने पक्का छ । खासगरी, जब लिभरपुलले यो सजन प्रिमियर लिगको उपाधि चुम्नेछ त्यतिबेला असंख्य समर्थकले आर्नोल्डको खुसीयाली मनाउने यो शैलीलाई फेरि स्मरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण