९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?
सोमबार, ०८ वैशाख २०८२, १३ : १५
काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा ४७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।
सो समयावधिमा ६ करोड १७ लाख ३१ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ । खाद्यान्नमा नेपालले ४७ अर्ब ७९ करोड ५३ लाख ६० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्याङ्क छ ।
सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा ४ अर्ब २९ करोड १७ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण