संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति गर्न गठित सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्यको पदमा नियुक्तिका लागि आवेदन दिनेहरूको सूची प्रकाशित गरेको छ । समितिको वैशाख ७ गते बसेको बैठकको निर्णय बमोजिम आवेदकको सूची सार्वजनिक गरिएको हो ।
समितिले गत वर्षको चैत २८ गते सूचना प्रकाशन गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको लागि आवेदन माग गरेको थियो । दुई आयोगको अध्यक्ष र सदस्य पदका लागि व्यक्तिगत तर्फ ८२ जनाको आवेदन परेको छ । यसमध्ये अध्यक्ष पदका लागि विजयसिंह सिजापति, डिल्लीराज आचार्य, विश्वराज कोइराला, उमेश प्रसाद र रेश्मा थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै, संस्थागत सिफारिसमा २९ जनाको आवेदन परेको छ । यसमा अध्यक्ष पदका लागि मन्दिरा शर्मा, राधेश्याम अधिकारी, गिरिश चन्द्र लाल, कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, हरिहर वस्ती, शम्भुराम सिम्खडा, शंकर कृष्ण श्रेष्ठ, विपिन अधिकारी, सानुराज पोखरेल, डिल्लीराम मैनाली, गोपालकृष्ण घिमिरे, विष्णुमाया भुसाल, मिलन श्रेष्ठ, शान्तिदेवी श्रेष्ठ, खिमलाल देवकोटा र सुशीला चौधरीको नाम रहेको छ ।
हेर्नुहोस् सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा