दक्षिण पूर्वी एशियाबाट आउने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१ प्रतिशत ट्यारिफ
काठमाडौँ । अमेरिकाको वाणिज्य मन्त्रालयले दक्षिण पूर्वी एशियाका चार वटा देशबाट भित्रिने सोलार प्यानलमा ३ हजार ५२१ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेको छ ।
एक वर्ष अघि त्यहाँका कयौँ प्रमुख सौर्य उपकरण बनाउने कम्पनीहरूले तत्कालीन जो बाइडेनको प्रशासनलाई अमेरिकी व्यवसाय जोगाउन अनुराेध गरेपछि एउटा अनुसन्धान भएको थियो ।
प्रस्तावित ट्यारिफमा कम्बोडिया, थाइल्यान्ड, मलेसिया र भियतनामलाई लक्षित गरिएको छ । चीनबाट सहुलियत लिएर सौर्य प्यानल बनाएको र यसलाई सस्तोमा अमेरिकी बजारमा बेचेको आरोप यी देशमाथि लागेको छ ।
अमेरिकी सरकारको एजेन्सी अन्तर्राष्ट्रिय व्यापार आयोगले पनि जुनमा नयाँ ट्यारिफबारे अन्तिम निर्णय सुनाउँदै छ । कम्बोडियाबाट अमेरिका आउने सोलनार प्यानलमा सबैभन्दा धेरै ३ हजार ५२१ प्रतिशत ट्यारिफ लगाइएको छ ।
अनुसन्धानमा वाणिज्य मन्त्रालयलाई सहयोग कम गरेकोले यति धेरै महसुल लगाइएको हो । मलेसियामा चिनियाँ कम्पनी जिन्को सोलारले बनाएको सोलार प्यानलमा सबैभन्दा कम ४१ प्रतिशत ट्यारिफ लगाइएको छ ।
थाइल्यान्डमा सोलार प्यानल बनाउने चिनियाँ कम्पनी ट्रिना सोलारका उत्पादनमाथि भने ३७५ प्रतिशतको ट्यारिफ लगाउने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण