११ सदस्यीय जुडो टोली मंगलबार राति थाइल्यान्ड जाने
काठमाडौँ । एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार राति थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । अप्रिल २५ देखि २८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा तीन पुरुष र तीन महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्नेछन् । घरेलु प्रतियोगितामा विकास नेपाल पुलिस क्लब, विशेष एपीएफ क्लब र विपिन त्रिभुवन आर्मी क्लबबाट खेल्छन् ।
महिलातर्फ ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुनेछन् । दवीकी बन्दी सहायता नियोग (पाम), मनीता पुलिस क्लब र रञ्जना एपीएफ क्लबका खेलाडी हुन् । ओलम्पिकसमेत खेलिसकेकी मनीता पनि पामकै उत्पादन हुन् ।
अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापामगर रहेका छन् । आईटीका रुपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै थाइल्यान्ड गएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे । कार्यक्रममा मोबिजिल्लाले प्रायोजन गरेको ट्रयाक सुट, एयर पोड र डिस्काउन्ट भौचर पनि प्रदान गरिएको थियो ।
प्रतियोगिताकै क्रममा हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने सोमबार नै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण