नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
मङ्गलबार, ०९ वैशाख २०८२, १८ : १०

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको ‘नजरबन्द’ हटेको छ । सुवेदीको नजरबन्द हटेपछि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक रहेका जगमान गुरुङले राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्ने बताएका छन् ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,“मैले राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति , निर्देशक समितिको प्रमुख सल्लाहकार पदमा रहेर यस समितिका सम्पूर्ण अभियानलाई सफल गर्न पूर्ण सहयोग गर्नेछु।”
चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य