मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
राजावादी आन्दोलन

नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो

मङ्गलबार, ०९ वैशाख २०८२, १५ : २४
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ । 

चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए । 

तर आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ । 

‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ’, उनले भनेका छन्, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।’ 

उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् । 

सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप