राजावादी आन्दोलन
नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो
मङ्गलबार, ०९ वैशाख २०८२, १५ : २४
काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ ।
चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए ।
तर आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ ।
‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ’, उनले भनेका छन्, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।’
उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण