हुथी विद्रोहीहरूले गरे इजरायलमाथि मिसाइल प्रहार
तेल अभिभ । यमनका हुथी विद्रोहीहरूले बुधबार इजरायलमाथि मिसाइल प्रहार गरेका छन् । अमेरिकाले हुथी विद्रोहीहरूलाई निरन्तर निशाना बनाइरहेको समयमा यो आक्रमण भएको हो ।
हुथी आतंककारीहरूको आक्रमणका कारण हाइफा, क्रायोट र इजरायलका अन्य क्षेत्रहरूमा साइरन बजेको थियो । यसले गर्दा मानिसहरू त्रस्त बनेका थिए । हताहती रोक्न सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानहरूमा सरेका थिए । आक्रमणमा हताहतको खबर नआएको र क्षेप्यास्त्रहरू सम्भवतः आकाशमै नष्ट गरिएको इजरायली सेनाले बताएको छ ।
हुथी विद्रोहीहरूले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् । अमेरिकाले मार्च १५ देखि हुथीहरूमाथि आक्रमण तीव्र पारेको छ । तर हुथीहरू आफ्नो गतिविधिबाट टसका मस भएका छैनन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले पनि इजरायलमा हुथी विद्रोहीहरूको आक्रमणबारे कुनै जानकारी शेयर गरेको छैन ।
इजरायलले गाजामा गरेको आक्रमणको बदला लिन हुथीले लाल सागर भएर जाने जहाजहरूलाई निशाना बनाइरहेको छ । यसलाई रोक्न अमेरिकाले हुथी विद्रोहीहरूमाथि कारबाही सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण