नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार देखि निरन्तर रूपमा चार दिनसम्म नेप्सेमा गिरावट आएको छ । पछिल्ला तीन कारोबारमा घटिरहेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ ।
बुधबार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६५५.९४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.८६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अङ्कले घटेको छ ।
बुधबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । मङ्गलवार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको ०.३९ अङ्क बढेको छ। तर विकास वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, बैङ्क,बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेका छन् ।
नेप्सेमा गिरावट आएपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
तर यता कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.०६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५८ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण