पहलगाम घटनाः हनिमुनमा रहेका सैनिकलाई श्रीमतीकै अगाडि आतंकवादीले गोली हाने
बुधबार, १० वैशाख २०८२, १६ : ४३
नयाँ दिल्ली । जम्मु कश्मीरको पहलगाममा आतंककारीहरूले गरेको आक्रमणमा भारतका एक सेनाको समेत मृत्यु भएको छ ।
सात दिनअघि बिहे गरेका हरियाणाका लेफ्टिनेन्ट विनय नरवाल श्रीमती शुभमको साथमा हनिमुन मनाउन पहलगाम गएका थिए । श्रीमतीकै अगाडि नरवालमाथि गोली हानेर हत्या गरिएको थियो । यो जोडी दुई दिनअघि मात्रै जम्मु कश्मीर पुगेका थिए । नरवालको उमेर २६ वर्षको थियो ।
मंगलबार बैसरन उपत्यकामा घुमिरहेको समयमा आतंककारीहरूले विनयमाथि गोली चलाएका थिए । उनको घटनास्थलमै मृत्यु भयो । श्रीमती हिमांशी नरवाल भने सकुशल छिन् । उक्त घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । ‘म मेरो श्रीमानसँग भेलपुरी खाइरहेकी थिएँ । एक जना मान्छे आयो अनि नाम सोधेर गोली हान्यो’ हिमांशीले भनिरहेकी सुनिन्छ । नाम सोधिएको र मुस्लिम नभएको भनेपछि गोली हानिएको हिमांशीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण