पहलगाम घटनाः हनिमुनमा रहेका सैनिकलाई श्रीमतीकै अगाडि आतंकवादीले गोली हाने
बुधबार, १० वैशाख २०८२, १६ : ४३

नयाँ दिल्ली । जम्मु कश्मीरको पहलगाममा आतंककारीहरूले गरेको आक्रमणमा भारतका एक सेनाको समेत मृत्यु भएको छ ।
सात दिनअघि बिहे गरेका हरियाणाका लेफ्टिनेन्ट विनय नरवाल श्रीमती शुभमको साथमा हनिमुन मनाउन पहलगाम गएका थिए । श्रीमतीकै अगाडि नरवालमाथि गोली हानेर हत्या गरिएको थियो । यो जोडी दुई दिनअघि मात्रै जम्मु कश्मीर पुगेका थिए । नरवालको उमेर २६ वर्षको थियो ।
मंगलबार बैसरन उपत्यकामा घुमिरहेको समयमा आतंककारीहरूले विनयमाथि गोली चलाएका थिए । उनको घटनास्थलमै मृत्यु भयो । श्रीमती हिमांशी नरवाल भने सकुशल छिन् । उक्त घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । ‘म मेरो श्रीमानसँग भेलपुरी खाइरहेकी थिएँ । एक जना मान्छे आयो अनि नाम सोधेर गोली हान्यो’ हिमांशीले भनिरहेकी सुनिन्छ । नाम सोधिएको र मुस्लिम नभएको भनेपछि गोली हानिएको हिमांशीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता