हमलाको विरोधमा ३५ वर्षपछि कश्मीर उपत्यका पूरै बन्द, सुरक्षा व्यवस्था कडा
नयाँ दिल्ली । आतंकवादी हमलाको विरोधमा ३५ वर्षमा पहिलो पटक बुधबार कश्मीर उपत्यका पूरै बन्द भएको छ ।
पहलगाम पर्यटकीय रिसोर्टमा भएको हत्याको विरोधमा गरिएको बन्दलाई सबै क्षेत्रका संस्थाहरूले समर्थन गरेका थिए । मंगलबार दक्षिण कश्मीरको पहलगाममा रहेको एक प्रमुख पर्यटकीय रिसोर्टमा आतंककारीहरूले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने २० भन्दा धेरै पर्यटक घाइते भएका थिए ।
घाइते हुनेमा एक जना नेपाली महिला पनि छिन् । उनका छोरा सन्दीप न्यौपानेको भने मृत्यु भएको छ ।
आक्रमणपछि यहाँका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । श्रीनगरमा अधिकांश पसल, पेट्रोल पम्प र अन्य व्यावसायिक प्रतिष्ठानहरू बन्द रहेका अधिकारीहरूले बताएका छन् ।
सहरभरि अत्यावश्यक वस्तुहरू बेच्ने पसलहरू मात्र खुला छन् । सार्वजनिक यातायातका साधन कम चलेका छन् । निजी सवारी साधनहरू भने सामान्य रूपमा चलिरहेको बताइएको छ ।
निजी विद्यालयहरू बन्द रहे पनि तर सरकारी विद्यालयहरू खुला छन् । बन्दको प्रभाव उपत्यकाका अन्य जिल्ला सदरमुकामहरूमा पनि देखिएको छ । उपत्यकाका कैयौं स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू भएका छन् । यसमा प्रदर्शनकारीहरूले आक्रमणको निन्दा गरेका छन् भने निर्दाेषहरूको हत्या रोक्न आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण