राजनीति
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
बुधबार, १० वैशाख २०८२, १७ : ५३
काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् ।
आफूलाई बर्खास्त गरेको सम्बन्धी जानकारी गृहमन्त्री रमेश लेखकले फोन गरेर गराएको रातोपाटीलाई बताए । उनले भने, ‘गृहमन्त्रीले फोन गरेर जानकारी गराउनुभएको थियो। अब ठिकै छ।’
उनले प्रधानमन्त्रीले आफूलाई टिका लगाएर पद नदिएको बताउँदै हटाएको भएपनि कुनै गुनासो नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री मलाई टिका लाएर दिएको पद होइन मेरा आफ्नै काम छ, अब आफ्नै काममा लाग्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण