सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी

बुधबार, १० वैशाख २०८२, १७ : ५३
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् । 

आफूलाई बर्खास्त गरेको सम्बन्धी जानकारी गृहमन्त्री रमेश लेखकले फोन गरेर गराएको  रातोपाटीलाई बताए । उनले भने, ‘गृहमन्त्रीले फोन गरेर जानकारी गराउनुभएको थियो। अब ठिकै छ।’ 

उनले प्रधानमन्त्रीले आफूलाई टिका लगाएर पद नदिएको बताउँदै हटाएको भएपनि कुनै गुनासो नरहेको बताए । उनले भने,  ‘प्रधानमन्त्री मलाई टिका लाएर दिएको पद होइन मेरा आफ्नै काम छ, अब आफ्नै काममा लाग्छु।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप