गणतन्त्र रक्षार्थ प्रतिगमनविरुद्ध वाईसीएलले संघर्ष गर्ने, यस्तो छ तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) ले गणतन्त्र रक्षाका निम्ति प्रतिगामी शक्तिविरुद्ध प्रतिरोध गर्ने भएको छ ।
जेठको तेस्रो साता काठमाडौँमा हुने तेस्रो राष्ट्रिय सम्मेलनमा संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका निम्ति प्रतिगामी शक्तिविरुद्ध प्रतिरोध गर्ने निर्णय सार्वजनिक गरेको हो ।
वाईसीएलले २०८१ फाल्गुन २१–२२ गते संगठनको केन्द्रीय कार्यालय बैठक र फागुन २७ गते केन्द्रीय समितिले गरेको १० बुँदे निर्णय बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
प्रतिगामी एवं यथास्थितिवादी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र गरिरहेको निष्कर्ष निकाल्दै सम्मेलनलाई प्रतिरोधमा सम्पन्न गर्न लागेको अध्यक्ष सुवोध श्रीपाइलीले जानकारी दिए । यस्तै मानव तस्करी भ्रष्टाचार, अनियमितालगायत सबै खाले अराजकताविरुद्ध संघर्ष गर्ने पनि वाईसीएलले निर्णय गरेको छ ।
निर्णयहरू यस प्रकार छन् ।
–प्रतिगामी एवम् यथास्थितिवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्र गरिरहेको सडकका दृश्यहरूले देखाईरहेको छ । जसको प्रतिरोध र प्रतिवाद आजको आवश्यकता हो तिनका विरुद्ध संघर्षका रुपमा सम्मेलनलाइ भव्य रुपमा सम्पन्न गर्ने ।
–वैदेशिक रोजगारको नाममा हुने अवैध मानव तस्करी, कालो बजारी, भ्रष्टाचार, अनियमिता र सबै खाले अराजकता विरुद्ध संघर्षका विविध कार्यक्रम बढाउने ।
–विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा आयोजित आन्दोलनप्रति पुर्ण ऐक्यबद्धता जाहेर गर्ने र महासंघले उठाएका मागहरूलाई यथोचित सम्बोधन गरि शैक्षिक क्षेत्रको अन्यौलतालाई हटाउन सरकार समक्ष माग गर्ने ।
अध्यक्ष शेर्पालीको अध्यक्षतामा केन्द्रीय समितिका सबै सदस्य रहने गरी मूलव्यवस्थापन समिति गठन गरेको छ । विभिन्न उपसमिति समेत गठन गरिएको छ । यस्तै सम्मेलनमा देशभरिबाट प्रतिनिधि पर्यवेक्षक जम्मा १९४५ जना हुने जनाएको छ ।
साथै वाईसीएलले विविध रचनात्मक कामहरू पनि सार्वजनिक गरेको छ । जेठ १६ गते केन्द्रीय समितिको बैठक बस्ने, १७ गते उद्घाटन सत्रमा विधान सम्मेलन गर्ने निर्णय भएका छन् । सम्मेलनअघि रचनात्मक कामहरू गर्ने भनिएको छ । जसमा,
– ०८२ जेठ ९ गते ‘विज्ञान प्रविधि तथा नबप्रवर्तन’ सम्बन्धि एक दिने कार्यशाला सञ्चालन ।
–जेठ ११–१३ गते राजनीतिक दल सम्बद्ध युवा संगठन, राष्ट्रिय कलाकार, प्राविधिक टोलीसँग मैत्रीपुर्ण खेलकुद कार्यक्रम गर्ने ।
–जेठ १४ मोटरसाईकल र्याली गर्ने ।
–जेठ १५ गते गणतन्त्र दिवशको शुभकामना तथा विविध रचनात्मक कार्यक्रम गर्ने ।
सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा २०८२ जेठ १७–१९ मा हुनेछ । प्रदेश सम्मेलन जेठ ५ गतेसम्म गरिसक्ने निर्णय गरेको छ ।
कुन प्रदेशमा कहिले सम्मेलन ?
१. बागमती प्रदेश २०८२ वैशाख १७ र १८ गते काठमाडौँ ।
२. विशेष प्रदेश वैशाख १९ गते पेरिसडाँडा काठमाडौँ ।
३. गण्डकी प्रदेश वैशाख २० र २१ गते पोखरा ।
४. सुदूरपश्चिम प्रदेश वैशाख २३ र २४ गते धनगढी ।
५. कोशी प्रदेश वैशाख २६ र २७ गते ।
६. कर्णाली प्रदेश वैशाख– २९ र ३० गते सुर्खेत ।
७. लुम्बिनी प्रदेश जेठ १ र २ गते दाङ, घोराही ।
८. मधेश प्रदेश जेठ ४ र ५ गते ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण