आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलको कमजोर प्रदर्शनले शीर्ष स्थानको लिभरपुललाई उपाधि जित्न सहज भएको छ ।
यसअघि आर्सनलको जितले उपाधि जित्नलाई एक खेल पछि धकेलिएको लिभरपुलले अब भने टोटह्यामविरुद्धको खेलमा बराबरी गरे मात्रै पनि पुग्ने भएको छ । लिभरपुललाई उपाधि कब्जा गर्न अब जम्मा १ अंकको आवश्यकता छ ।
आइतबार एन्फिल्डमा त्यसको छिनोफाने हुनेछ । जहाँ लिभरपुलले पाँच सत्रमा दोस्रो पटक च्याम्पियन बन्ने सौभाग्य प्राप्त भएको छ । आर्सनल भन्दा १२ अंकले अगाडि रहेको लिभरपुलले सिजनको उपाधि मात्रै जित्ने छैन । म्यान्चेस्टर युनाइटेडसँग उपाधि जितेको रेकर्ड बराबरी गर्नेछ । लिभरपुलका लागि यो २० औं उपाधि हुनेछ ।
वुधबार राती आर्सनलाई क्रिष्टल प्यालेसले उसैको घरेलु मैदानमा २-२ को बराबरीमा रोक्दै अंक खोस्यो । आर्सनलको ३४ खेलबाट ६७ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण