शान्ति वार्तालाई हानी पुर्याएको जेलेन्स्कीमाथि आरोप
बिहीबार, ११ वैशाख २०८२, १२ : ०७
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति वार्तालाई क्षति पुर्याएको आरोप लगाएका छन् । यसअघि जेलेन्स्कीले युक्रेनले क्रिमियामाथि रूसी नियन्त्रणलाई मान्यता नदिने बताएका थिए ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा युद्ध अन्त्य गर्ने सम्झौता धेरै नजिक भएको दाबी गर्दै जेलेन्स्कीले अमेरिकी सर्तहरू स्वीकार गर्न अस्वीकार गर्दा द्वन्द्व लम्बिने भनेका थिए ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको लागि अमेरिकाको दृष्टिकोणको व्याख्या गर्दै यसले क्षेत्रीय सीमाहरू आज जहाँ छन् त्यहि स्थिर रहने भनेका थिए ।
युक्रेनले लामो समयदेखि क्रिमिया नत्याग्ने बताउँदै आएको छ । यो क्षेत्र २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण