मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले साताव्यापी कार्यक्रम गर्ने
बिहीबार, ११ वैशाख २०८२, १३ : १७
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ।
कार्यक्रम अनुसार वैशाख १३ गते देशका प्रमुख सहरमा रक्तदान कार्यक्रम हुने महासंघले जनाएको छ ।
यस्तै वैशाख १४ गते बालाजु औद्योगिक क्षेत्रमा महिला मजदुर लक्षित स्वास्थ्य शिविर गर्नेछ भने सबै प्रदेशमा प्रदेश स्तरीय सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रम तय भएको छ।
यस्तै वैशाख १७ गते औद्योगिक प्रतिष्ठान र बाहिर प्रभातफेरी तथा भेलाहरु सम्पन्न हुने महासंघले जनाएको छ ।
यस्तै वैशाख १८ गते बृहत् जुलुस र प्रज्ञा भवनमा औपचारिक कार्यक्रम हुने संगठनका उपमहासचिव माधव पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण