मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले साताव्यापी कार्यक्रम गर्ने
बिहीबार, ११ वैशाख २०८२, १३ : १७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुर दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ।
कार्यक्रम अनुसार वैशाख १३ गते देशका प्रमुख सहरमा रक्तदान कार्यक्रम हुने महासंघले जनाएको छ ।
यस्तै वैशाख १४ गते बालाजु औद्योगिक क्षेत्रमा महिला मजदुर लक्षित स्वास्थ्य शिविर गर्नेछ भने सबै प्रदेशमा प्रदेश स्तरीय सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रम तय भएको छ।
यस्तै वैशाख १७ गते औद्योगिक प्रतिष्ठान र बाहिर प्रभातफेरी तथा भेलाहरु सम्पन्न हुने महासंघले जनाएको छ ।
यस्तै वैशाख १८ गते बृहत् जुलुस र प्रज्ञा भवनमा औपचारिक कार्यक्रम हुने संगठनका उपमहासचिव माधव पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई