भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
नयाँ दिल्ली । पाकिस्तानी नागरिकलाई जारी गरिएका सबै भिसा अप्रिल २७ देखि रद्द भएको बताएको भारतीय विदेश मन्त्रालयले पाकिस्तानी नागरिकलाई जारी गरिएका मेडिकल भिसाहरू पनि २०२५ अप्रिल २९ सम्म मात्र मान्य हुने जनाएको छ ।
हाल भारतमा रहेका पाकिस्तानी नागरिकले अब परिवर्तन गरिएको भिसा सर्तअनुसार आफ्नो भिसाको म्याद सकिनुअघि नै भारत छोड्नुपर्ने बताइएको छ ।
त्यस्तैगरी, मन्त्रालयले भारतीय नागरिकहरूलाई पाकिस्तानको यात्रा नगर्न कडा सल्लाह दिएको भने हाल पाकिस्तानमा रहेका भारतीय नागरिकहरूलाई पनि सकेसम्म चाँडो भारत फर्कन सल्लाह दिइएको छ ।
भारतले बुधबार पाकिस्तानसँगको कूटनीतिक सम्बन्धलाई थप कमजोर बनाउँदै निकै कडा कदम चालेको थियो ।
यसमा भारतबाट पाकिस्तानी सेनाका अधिकारीहरूलाई निष्कासन गर्ने, १९६० को सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा चौकी बन्द गर्ने जस्ता आदेश थिए । पहलगाम आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट सुरक्षा समिति (सीसीएस)को बैठकमा यी सबै निर्णयहरू लिइएका हुन् ।
यसैबिच, जर्मनी, जापान, पोल्यान्ड, बेलायत र रुसलगायत धेरै देशका राजदूत साउथ ब्लकस्थित विदेश मन्त्रालयको कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार विदेश मन्त्रालयका अधिकारीहरूले पहलगाम आक्रमणबारे केही चुनिएका देशका राजदूतहरूलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण