पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
बिहीबार, ११ वैशाख २०८२, १७ : ४२
नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरिएको छ । अनन्तनाग प्रहरीले बिहीबार तस्बिर जारी गरेको हो । प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी सङ्गठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको बताएको छ ।
प्रहरीले तीन जनालाई आतङ्ककारी भन्दै उनीहरूबारे कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरेको छ । मङ्गलवार पहलगाम नजिकै बैसरन उपत्यकामा आतङ्कवादी हमला भएको थियो । यस हमलामा एक जना नेपालीसमेत २६ जनाको मृत्यु भएको थिए ।
२० जनाभन्दा धेरै घाइते भएका थिए । मर्नेमा अधिकांश घुम्न गएका पर्यटक थिए । पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन पर्यटकहरूमाझ धेरै लोकप्रिय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण