पाल्पामा पुरुषको शव फेला
बिहीबार, ११ वैशाख २०८२, २२ : ५०
तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । तिनाउ–३ आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जङ्गलस्थित आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।
शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक मल्लले बताए । उनका अनुसार करङको भाग तथा हड्डी र कङ्काल मात्र रहेको अवस्था शव भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण