पाल्पामा पुरुषको शव फेला
बिहीबार, ११ वैशाख २०८२, २२ : ५०

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । तिनाउ–३ आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जङ्गलस्थित आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।
शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक मल्लले बताए । उनका अनुसार करङको भाग तथा हड्डी र कङ्काल मात्र रहेको अवस्था शव भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन