ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक भएको छ । एक जना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बिहीबार सार्वजनिक भएको भिडियोबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गरिरहेको बेला दोस्रो भिडियो सार्वजनिक भएको हो । शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो आफूहरूले हेरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘भिडियो हाम्रो जानकारीमा छ, कताको हो भन्नेबारे बुझ्दैछौँ ।’
यसअघि सार्वजनिक भएको ४ जना ट्राफिक मिलेर एक जना सर्वसाधारणलाई कुटेको घटना २०८१ मङ्सिर २३ मा सुनधारास्थित आकाशे पुलमुनि भएको पाइएको छ । कुटपिटमा संलग्न जवान सहित घटनास्थलमा देखिएका ४ जनालाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा झिकाइएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘दिउँसो १ बजेतिर कुटपिट भएको रहेछ, त्यसबारे छानबिन गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण