अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
शुक्रबार, १२ वैशाख २०८२, १४ : १९

काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो एक वर्ष पुरानो भएको पाइएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सहायक हवलदारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो पुरानो भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको अनुसन्धानबाट देखिएको छ ।
भिडियोमा देखिएका सहायक हवलदारले सोह्रखुट्टेमा कार्यरत रहँदा कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न प्रहरी कर्मचारी २०८० चैतमा सरुवा भएर काठमाडौँ बाहिर गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
उनले भने, ‘भिडियोमा देखिएका प्रहरी कर्मचारी १३ महिनाअघि यहाँबाट सरुवा भएको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा
-
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित