सुदीपको न्यायको लागि पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै

काठमाडौँ । भारत काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गर्न लागिएको छ ।
मङ्गलवार आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको छ ।
हत्याको विरोधमा वैशाख १३ गते शनिवार प्रदर्शन गर्न लागिएका नागरिक अभियानका कार्यवाहक अध्यक्ष डा.हरिहर घिमिरेले जानकारी दिए ।
उनीहरुले पाकिस्तानी दूतावास अघि धर्ना गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी गराएका छन् । उनीहरुले घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै पाकिस्तानै योजना अनुसार हिन्दु पर्यटकमाथि आक्रमण भएको दाबी गरेका छन् ।
मङ्गलवार भएको आतङ्कवादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए । सुदिपको बुधबार नै बुटवल ल्याएर अत्यष्टि गरिसकेको छ ।
सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पाहलगमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण