कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
सुर्खेत । एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
प्रदेशका दशवटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरुबाट विभिन्न सेवा लिएका नागरिकहरुको तथ्याङ्क प्रदेश सरकारले सार्वजनिक गरेको छ ।
यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ । विगतमा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरु गाउँमा अस्पताल पुगेपछि पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेलको दाबी छ ।
कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रुपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उनको भनाई छ ।
त्यसैगरी शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम् कामको सुरुआत गरेको जनाएको छ । मुख्यमन्त्री कँडेलद्वारा प्रस्तुत एक वर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा उल्लेख गरिएको छ । दश वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण