तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
_AN2hOigqzL.jpg)
कास्की । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्छ । यस क्षेत्र पदयात्रा पर्यटनका लागि विश्व सामु प्रसिद्ध छ ।
अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेका यो गाउँ समुन्द्री सतहदेखि १,९४० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्छ्रे, अन्नपूर्ण आधार शिविर यसै गाउँ हुँदै जान सकिन्छ । घान्द्रुक—घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझ लोकप्रिय पदयात्रा मार्ग हो ।
घान्द्रुक गाउँ गुरुङ संस्कृति र कलाका लागि पनि प्रख्यात छ । यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन् र मौलिक घरमा सञ्चालन गरिएको होमस्टे यहाँको अर्को आकर्षण बनेको छ।
पछिल्लो समयमा यस पदयात्रा क्षेत्रमा सडक बनेपछि पदयात्रा छोटिएको छ । लमजुङको बेँसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ पास गरेर मुक्त्तिनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रीय पदयात्रा छोटिएर अहिले ५ देखि ६ दिनमा झरेको छ । घान्द्रुक गाउँसम्मै अहिले मोटरमै पुग्न सकिन्छ । हिँडेर जान चाहानेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री