हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले अहिले माओवादीहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाइँ लड्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरूसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्ने बताएका हुन् ।
उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए । उनले भने, ‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यस कारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नुपर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नु छ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नु छ । त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु ।’
अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाडि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण