इरानको बन्दरगाहमा विस्फोट, ५ सयभन्दा बढी घाइते
शनिबार, १३ वैशाख २०८२, १८ : २५
तेहरान । इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा ५ सय जनाभन्दा बढी घाइते भएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठूलो विस्फोट भएको जनाएको छ।
गार्जियन विस्फोटमा कम्तीमा ५१६ जना घाइते भएको जनाएको छ। शाहिद राजाई इरानको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह हो। बन्दरगाहका अधिकारीहरूले यहाँ धेरै कन्टेनरहरू विस्फोट भएको र त्यसपछि ठूलो आगलागी भएको बताएका छन्।
यद्यपि, आगलागीको कारण अझै पत्ता लागेको छैन। सरकारी टेलिभिजनमा प्रसारित तस्बिरहरूमा घटनास्थलबाट धुवाँ निस्किरहेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण