पुरुष मृत्यु प्रकरण
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
आइतबार, १४ वैशाख २०८२, १३ : ०८
काठमाडौँ । ललितपुरको बडीखेलस्थित रिह्याबमा सेन्टरमा राखिएका एकजना पुरुषको मृत्यु भएको घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएराति विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएको सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो ।
घटना अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा रिह्याब सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपाल छन् ।
मृतकको शव पोष्टमार्टका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण