क्यानडामा कारले भिडलाई ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु
आइतबार, १४ वैशाख २०८२, १६ : ३७
भ्यानकुभर । क्यानडाको भ्यानकुभर सहरमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । यो घटना फिलिपिनो समुदायको लापु डे पर्वको अवसर पारेर शनिबार आयोजित महोत्सवमा भएको हो ।
भ्यानकुभर प्रहरीले घटनामा एक जना स्थानीय ३० वर्षीय पुरुषलाई पक्राउ गरेको जानकारी दिएको छ । यो घटना आतंकवादसँग सम्बन्धित नभएको विश्वास गरिएको प्रहरीको भनाई छ ।
ती व्यक्तिबारे प्रहरी जानकार रहेको बताए पनि भ्यानकुभर प्रहरी प्रमुखले उनको आपराधिक इतिहास रहेकोबारे कुनै टिप्पणी नगर्ने स्पष्ट पारे ।
क्यानडामा सोमबार हुन लागेको आम निर्वाचन अघि यो घटना भएको हो । प्रहरीले यो घटना निर्वाचनसँग सम्बन्धी भए/नभएको बारे अनुसन्धानपछि मात्र थाहा हुने जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण