घाइते पत्रकार कार्कीको निःशुल्क उपचार गरी दोषीमाथि कारबाही गरियोस् – प्रेस सेन्टर
काठमाडौँ । काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबिच आइतबार दिउँसो भएको झडपमा पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले हानेको पानीको फोहोराले स्थलगत रिपोर्टिङमा रहेकी प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीका दुवै आँखामा गम्भीर चोट लागेको थियो । उक्त घटनाप्रति सेन्टरले भर्त्सना गरेको छ ।
सेन्टरले आज निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ – पत्रकारमाथि भएको दमन र रिपोर्टिङमा गरिएको अवरोधबाट प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकार हनन् भएको छ । पत्रकारमाथि विभिन्न पक्षबाट पछिल्ला दिनमा भइरहेको हत्या, आक्रमण, दमन तथा रिपोर्टिङमा पुर्याइएको अवरोध नेपाली प्रेस जगत्का लागि गम्भीर चिन्ताको विषय हो । प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न प्रेस सेन्टर आग्रह गर्दछ । साथै, सञ्चार क्षेत्रमाथि भइरहेको आक्रमणको प्रतिवाद गर्न सामूहिक सहकार्यका लागि सम्बद्ध पक्षहरुसँग आग्रह गर्दछ ।
साथै सेन्टरले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न पनि सेन्टरले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण