शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी रहेको छ। यद्यपि आइतबार भएको आन्दोलनमा झडप भएको थियो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको विरोध गरेका छन् ।
उनले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए ।
महासंघले सबै आन्दोलनकारीलाई सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेको छ।
अझै काठमाडौं नआएका साथीहरूलाई महासंघले प्रश्न गर्दै भनेको छ, "आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बग्दा पनि तपाईंहरू घरमै कसरी बस्न सक्नुहुन्छ? के आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैन?" महासंघले आन्दोलनलाई थप बलियो बनाउन सबैलाई यथासिघ्र काठमाडौं आउन र सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ। विद्यालय शिक्षा ऐन माग गर्दै महासंघ आन्दोलित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण