यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी
सोमबार, १५ वैशाख २०८२, ११ : ०२
साना । अमेरिकाले यमनस्थित हुथी विद्रोहीहरूको अड्डाहरूमा हवाई आक्रमण जारी राखेको छ । पछिल्लो आक्रमणमा हुथीहरूले ठुलो क्षति बेहोरेको देखिएको छ । अमेरिकाले आइतबार राति यमनको राजधानी सानामा अपरेसन रफ राइडर अन्तर्गत हवाई आक्रमण गरेको थियो ।
यस आक्रमण आठ जनाको मृत्यु भएको हुथी विद्रोहीहरूले बताएका छन् । यसैबिच, अमेरिकी सेनाले विगत एक महिनामा यमनमा हुथी विद्रोहीहरूको लुक्ने ठाउँहरूमा ८०० भन्दा बढी आक्रमण गरेको बताएको छ ।
यी आक्रमणमा हुथी लडाकुको मिसाइल र ड्रोन प्रोग्रामसँग सम्बन्धित अधिकारी समेत सयौँको मृत्यु भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भनेको छ । तर अमेरिकाले कुनै पनि अधिकारीहरूको पहिचान खुलाएको छैन । आफूले हवाई आक्रमण जारी राखिराख्ने अमेरिकाको भनाइ छ । मार्च १५ देखि अमेरिकाले आक्रमण थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण