यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी
सोमबार, १५ वैशाख २०८२, ११ : ०२

साना । अमेरिकाले यमनस्थित हुथी विद्रोहीहरूको अड्डाहरूमा हवाई आक्रमण जारी राखेको छ । पछिल्लो आक्रमणमा हुथीहरूले ठुलो क्षति बेहोरेको देखिएको छ । अमेरिकाले आइतबार राति यमनको राजधानी सानामा अपरेसन रफ राइडर अन्तर्गत हवाई आक्रमण गरेको थियो ।
यस आक्रमण आठ जनाको मृत्यु भएको हुथी विद्रोहीहरूले बताएका छन् । यसैबिच, अमेरिकी सेनाले विगत एक महिनामा यमनमा हुथी विद्रोहीहरूको लुक्ने ठाउँहरूमा ८०० भन्दा बढी आक्रमण गरेको बताएको छ ।
यी आक्रमणमा हुथी लडाकुको मिसाइल र ड्रोन प्रोग्रामसँग सम्बन्धित अधिकारी समेत सयौँको मृत्यु भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भनेको छ । तर अमेरिकाले कुनै पनि अधिकारीहरूको पहिचान खुलाएको छैन । आफूले हवाई आक्रमण जारी राखिराख्ने अमेरिकाको भनाइ छ । मार्च १५ देखि अमेरिकाले आक्रमण थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता