१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
काठमाडौँ । आईआईएफटी स्कूल अफ फेशन एन्ड इटेरियर डिजाइन ले ११औँ संस्करणको ‘ड्रेस टू इम्प्रेस’ आयोजना गर्ने भएको छ । आगामी २० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने कार्यक्रम फेसनको उत्सव पनि हो ।
कार्यक्रममा आईआईएफटी स्कूल अफ फेशन डिजाइनका १३७ जना विद्यार्थीले तयार पारेका फेसनका विभिन्न आकर्षक पहिरन ४ थिममा प्रदर्शन गरिनेछ ।
श्री रिद्धी–सिद्धि ज्वेलर्सको मुख्य प्रयोजन तथा प्यासन टिस्यु र बेरिना प्रोफेशनलसको सह–प्रयोजन रहेको कार्यक्रम आईआईएफटी नेपालका अध्यक्ष फुपूतेञ्जिङ शेर्पाका अनुसार ‘ड्रेस टू इम्प्रेस’ आईआईएफटी स्कूल अफ फेशन डिजाइनमा अध्यनरत विद्यार्थीहरूले आफ्ना लागि आफैंले ड्रेस बनाएर, आफैं लगाएर आफैं स्टेजमा ‘शो’ गर्ने कार्यक्रम हो ।
कार्यक्रमको प्रि–जजिङ राउण्ड गत शनिबार होटेल गुडविलमा सम्पन्न भएको थियो । प्रि–जजिङ राउण्ड कार्यक्रमको निर्णायकमा फेशन डिजाइनरहरू महेश महर्जन, रोपुमा मानन्धर र समिरा शाक्य छन् । आईआईएफटी स्कूल अफ फेशन एन्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण