लिङ्देनले घटना विषयान्तर गर्न रक्सी चोरेको प्रसङ्ग उठाए : सांसद गौतम
सोमबार, १५ वैशाख २०८२, १२ : ४६
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गते आपराधिक मनसायले ग्रसित हुलले व्यक्तिगत सम्पत्ति, पार्टी कार्यालय, डिपार्टमेन्ट स्टोरमा गरेको आगजनी तोडफोड र लुटपाटको घटना ढाकछोप गर्ने प्रयास गरेको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सदनमा उभिएर कांग्रेस सहमहामन्त्रीका छोरा रक्सी चोरी घटनामा संलग्न रहेको कपोल्कल्पित भ्रामक तथ्यहीन अभिव्यक्ति दिएर घटनाको विषयान्तर गर्न खोजेको बताइन् ।
यसलाई उनले लिङ्देनको धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको निरन्तरताको रूपमा बुझेको पनि बताइन् । उनले बिना प्रमाण कसैलाई आरोपित गर्न मिल्छ ? भन्दै प्रश्न समेत गरिन् । र आरोप प्रमाणित गर्नु चुनौती दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण