उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
काठमाडौँ । राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी भएका छन् ।
तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि उपचार गर्नका लागि भनेर रिहा भएका थिए ।
तर, उनी पुनः राजावादीको कार्यक्रममा सहभागी भएका हुन् । उनी केही दिनअघि क्यान्सरको फलोअपका लागि भनेर भारत गएका थिए भने चिकित्सकहरूले कुनै समस्या नरहेको रिपोर्ट दिइसकेका छन् ।
राप्रपा नेपालले आस्थाका बन्दीहरू तत्काल गर्न माग गर्दै प्रदर्शनपछि शान्तिबाटिकामा विरोधसभाको आयोजना गरेको छ । सभामा राजावादी समूहका विभिन्न नेताहरूको सहभागिता रहेको छ ।
सोही सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । लेखा समितिको बैठक चलिरहेको र सो बैठकपछि उनी शान्तिबाटिकामा पुग्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
_meXShGfjyu.jpg)
_YBEf2QZan1.jpg)
_M11K2t4hF4.jpg)
_WUpQDaQRw9.jpg)
_wrA5cZVmSG.jpg)
_vwnkqs9JIE.jpg)
_C3QGnbIhJo.jpg)
_RX7bOEe2RS.jpg)
_AtYHJYR9QH.jpg)
_5UOM7qxOni.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण