बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी

सोमबार, १५ वैशाख २०८२, १६ : २५
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताए । 

उनले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे । सुवेदीले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गरे ।  

उनले भने, ‘मैले जहिले पनि बोल्दाखेरि पत्रकारहरु सोध्नुहुन्थ्यो तपाईहरु आपसमा मिल्नु भएको छैन, तपाईहरु टुटफुट हुनुहुन्छ । त्यसकारण तपाईहरु कसरी राजा धर्म फर्काएर ल्याउनुहुन्छ भनेर सोध्नु हुन्थ्यो । म जहिले पनि भन्थे हामी राजावादीहरु कहिले पनि टुटफुटमा छैनौँ । हामी आवश्यक पर्दाखेरि एक हुन्छौँ भनेको थिएँ त्यसको ज्वलन्त उदाहरण आजको यो समारोह भएको छ ।’ 


संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप