तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ ।
बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले थप १२ जनालाई छाडिएको छ ।’
हाजिर जमानीमा हिरासत मुक्त गरिए पनि उनीहरूको मुद्दा नसकिएको एसपी बोहराले बताए । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।
रिहा हुने अधिकांश आपराधिक उपद्रव कसुरमा म्याद थप गरेर अनुसन्धान गरिएकाहरू छन् । राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका डा. धवल शमशेर जबरा पनि यसअघि हाजिर जमानीमा रिहा भएका थिए ।
राप्रपाका महामन्त्री समेत रहेका जबरा भारतमा गएर क्यान्सरको उपचारपछि स्वदेश फर्किसकेका छन् । पटक पटक गरेर अहिलेसम्म ३३ जना हाजिर जमानीमा छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण