तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
_0capjibzrc_1df8hywvfe_4g2w1d76ai_esxkomojsk_vehK7wxbeo.jpg)
काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ ।
बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले थप १२ जनालाई छाडिएको छ ।’
हाजिर जमानीमा हिरासत मुक्त गरिए पनि उनीहरूको मुद्दा नसकिएको एसपी बोहराले बताए । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।
रिहा हुने अधिकांश आपराधिक उपद्रव कसुरमा म्याद थप गरेर अनुसन्धान गरिएकाहरू छन् । राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका डा. धवल शमशेर जबरा पनि यसअघि हाजिर जमानीमा रिहा भएका थिए ।
राप्रपाका महामन्त्री समेत रहेका जबरा भारतमा गएर क्यान्सरको उपचारपछि स्वदेश फर्किसकेका छन् । पटक पटक गरेर अहिलेसम्म ३३ जना हाजिर जमानीमा छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल