बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज (मंगलबार) हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि गठित दलीय रूपमा कार्यदलले मन्त्रीहरूको समीक्षा आज गर्ने भएको हो ।
बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा गर्नेछ । मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रीहरूको १० महिना अवधिको मूल्याङ्कन सहित समीक्षा गर्नेछ ।
उक्त समीक्षा कार्यक्रम सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबाट कार्यदलको सदस्यमा रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल र सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ सहित मन्त्रीहरू रहने छन् ।
बैठकले प्रदेश सरकारको मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा सहित आवश्यक निर्देशन गर्ने कार्यदलका सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए । समीक्षा मार्फत प्रदेश सरकारको आगामी गति तथा लय सुधार गर्ने योजना रहेको उनले बताए ।
सो समीक्षा मार्फत प्रदेश सरकारको आगामी नीति कार्यक्रम र बजेट निर्माणमा समेत मन्त्रीहरूलाई सुझाव दिइने उनले बताए । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थ परक र आवश्यकतामा आधारित बनाउन मन्त्रीहरूलाई निर्देशन गरिने उनको भनाई छ ।
भद्दा र महत्वकांक्षाले भरिएका नीति कार्यक्रमको प्रचलन रोक्ने गरी मन्त्री र सरकारलाई अघि बढेको उनको भनाई छ । बजेटसंग सन्तुलित र मेल खाने गरी नीति कार्यक्रम बनाउन सो समीक्षा फलदायी हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी