राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउनसके घटाउन जरुरी रहेको बताए ।
उनले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिए । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ ।
मन्त्री राईले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु मेरो पनि मत छ, यसलाई पुनःविचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाउँ । थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु । कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखि नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ । मैले बारम्बार भनिरहेको छु ।’
रक्षामन्त्री राईले फास्ट ट्रयाक निर्माण भइरहेका क्षेत्रका सांसदहरुसँग छलफल गर्ने बताए । उनले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निस्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण