ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना अहिले आफ्नै पूर्वखेलाडी एलेज्यान्ड्रो ग्रिमाल्डोलाईलाई पुनः क्लबमा फर्काउने कसरत गरिरहेको छ । बार्सिलोनाका खेलकुद निर्देशक डेकोले पनि आफूहरु ग्रिमाल्डोलाई क्लबमा फिर्ता ल्याउन प्रयासरत रहेको बताएका छन् ।
२९ वर्षीय लेफ्ट–ब्याक ग्रिमाल्डो हाल जर्मन क्लब बायर लुभरकुजेनबाट व्यवसायिक फुटबल खेल्छन् । स्पेनको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ग्रिमाल्डो सन् २०२३ मा जर्मन क्लबमा आबद्ध भएका हुन् । त्यसअघि सन् २०१६ देखि सन् २०२३ सम्म उनले उनले पोर्चुगिज क्लब बेनफिकाबाट खेलेका थिए ।
स्काई स्पोर्टस जर्मनका अनुसार, बार्सिलोनाले ग्रिमाल्डोलाई भित्राउन तीनदेखि चार करोड युरो खर्च हुने अनुमान गरेको छ । ग्रिमाल्डो बार्सिलोनाकै चर्चित एकेडेमी ला मासियाका उत्पादन हुन् । उनी केवल १३ वर्षको उमेरमा ला मासियासँग जोडिएका थिए ।
ग्रिमाल्डोको सिप तिखार्न बार्सिलोनाको महत्वपूर्ण योगदान रहेको छ । उनी सन् २००८ देखि सन् २०१२ सम्म ला मासियामा थिए । त्यसपछि उनले सन् २०११ देखि सन् २०१५ सम्म बार्सिलोनाको ‘बी’ टोलीबाट करिब एक सय खेल खेलेका थिए ।
बार्सिलोनाले सन् २०१६ मा उनलाई बेनफिकामा बिक्री गरेको थियो । पछिल्लो समय उनले जर्मनी क्लब बायर लेभरकुजेनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उत्कृष्ट प्रदर्शनका कारण उनी निरन्तर बायर लेभरकुजेनका प्रशिक्षक जाबी एलोन्सोको रोजाइमा पनि पर्दै आएका छन् ।
बार्सिलोनाले ग्रिमाल्डोलाई भित्राउन जर्मन क्लबसँग छलफल पनि अघि बढाइसकेको दाबी समाचारमा गरिएको छ । जर्मन क्लबसँग उनको हालको सम्झौता सन् २०२७ मा सकिने छ । तर, त्यसअघि नै खेलाडी र दुबै क्लबको समहमतिमा उनी बार्सिलोना फर्कने सम्भावना रहेको दाबी समाचारमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण