जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
बुधबार, १७ वैशाख २०८२, ०७ : १२
काठमाडौँ । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ । दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए ।
यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको हो । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ ।
पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ ।
पार्टी एकता भएपछि सङ्घीय संसदमा नागरिक जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण