चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
बुधबार, १७ वैशाख २०८२, १० : १६

गोरखा । यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएका छन् ।
चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन् । सिँचाइका लागि दरौंदी नदी उपयुक्त श्रोत भएका कारण सो क्षेत्रका किसानहरू धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन् ।
सो हरियाली फाँट गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । सो बाटो भएर यात्रा गर्ने जोकोहीलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक