कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
कोलकाता । कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक बालक पनि रहेका छन् । साथै, मृतक११ जना पुरुषमध्ये हालसम्म ८ जनाको पहिचान भएको छ ।
प्रहरी आयुक्त मनोज वर्माले स्थानीय समयअनुसार राति करिब ८ः१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए । जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो ।
दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ ।
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण