बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
बुधबार, १७ वैशाख २०८२, १२ : १०

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी