बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले न्युजिल्यान्डका पूर्वखेलाडी टिम साउथीलाई आफ्नो राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ सल्लाहकारका रुपमा भित्राउने भएको छ । यसका लागि साउथीसँग कुराकानी भइरहेको बोर्डले जनाएको छ ।
३६ वर्षीय साउथी आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर हुन् । अहिले जेम्स एन्डरसन इङ्ल्यान्डको राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ सल्लाहकारको भूमिकामा छन् ।
तर, लंकासायरका लागि खेल्ने प्रतिबद्धताका कारण यो वर्ष उनले बलिङ सल्लाहकारको भूमिकाबाट बिदा लिँदैछन् । साउथीले गत डिसेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनी न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् ।
उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले टेस्ट क्रिकेटमा तीन सय ९१ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय २१ विकेट लिएका छन् ।
यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय ६४ विकेट लिएका छन् । उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका वर्तमान प्रमुख प्रशिक्षक ब्रेन्डन म्याकुलमका राम्रा साथी पनि हुन् ।
सोही कारणले पनि बोर्डले साउथीलाई तीव्र गतिको बलिङ सल्लाहकारका रुपमा भित्र्याउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण