काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु
बुधबार, १७ वैशाख २०८२, १५ : २०

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
- काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ विष्णुमती पुलस्थित सडकमा बा.८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- मोरङ, धनपालथान गाउँपालिका-२ ललिया टोलस्थित सडकमा को.२१ प १६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय विजय मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
- झापा, भद्रपुर नगरपालिका-२ चारआलीस्थित सडकमा मे.१ च ५४४७ नम्बरको पिकअपले बिआर ३७ भि २१२७ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय दिलिप राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- खोटाङ, बराहपोखरी गाउँपालिका-६ मौवाबोटेस्थित सडकमा प्र.२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक जन्तेढुङ्गा गाउँपालिका-५ बस्ने २१ वर्षीय रोशन विकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि धरान घोपातर्फ पठाइएको छ ।
- डोटी, जोरायल गाउँपालिका-२ मेल खोलास्थित सडकमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ज ०५६७ नम्बरको ईभी हाइस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हाइसमा सवार बैतडी डीलासैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइसमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन