बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको आन्दोलन भोलीदेखि रोक्नेगरी सहमति भएको जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूको आन्दोलन भोली(बिहीबार) बाट रोक्नेगरि सहमति भएको बताए ।
शिक्षकहरूसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
आन्दोलन रोक्ने, भोलिदेखि नै पठनपाठनको वातावरण निर्माण गर्नेगरी सहमति जुटेको उनको भनाई छ। आज भएको सहमति मन्त्रिपरिषले निर्णय गरेको खण्डमा मात्रै कार्यान्वयनमा आउनेछ ।
विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा सत्तारूढ दलका सचेतकहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरूको ऐक्यबद्धतापछि ऐनको सुनिश्चितता समेत भएको उनको भनाइ छ ।
सहमति जुटेपछि पेशागत हकहितका लागि गरिरहेको आन्दोलन रोकिने उनको भनाई छ । महासंघले ९ बुँदे प्रस्ताव शिक्षा मन्त्रालयमा पेश गरेको थियो तिनै विषयमा सहमति जुटेको प्रवक्ता सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
असार महिनाको राशिफल : हेर्नुहोस् महिनाभरको आफ्नो भाग्य
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै