बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको आन्दोलन भोलीदेखि रोक्नेगरी सहमति भएको जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूको आन्दोलन भोली(बिहीबार) बाट रोक्नेगरि सहमति भएको बताए ।
शिक्षकहरूसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
आन्दोलन रोक्ने, भोलिदेखि नै पठनपाठनको वातावरण निर्माण गर्नेगरी सहमति जुटेको उनको भनाई छ। आज भएको सहमति मन्त्रिपरिषले निर्णय गरेको खण्डमा मात्रै कार्यान्वयनमा आउनेछ ।
विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा सत्तारूढ दलका सचेतकहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरूको ऐक्यबद्धतापछि ऐनको सुनिश्चितता समेत भएको उनको भनाइ छ ।
सहमति जुटेपछि पेशागत हकहितका लागि गरिरहेको आन्दोलन रोकिने उनको भनाई छ । महासंघले ९ बुँदे प्रस्ताव शिक्षा मन्त्रालयमा पेश गरेको थियो तिनै विषयमा सहमति जुटेको प्रवक्ता सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण