सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल–नासर एएफसी च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनलमा रोनाल्डोको टोली अल–नासरलाई जापानी क्लब कावासाकी फ्रन्टेलले स्तब्ध पारेको हो ।
जापानी क्लबले बुधबार राति खेलिएको सेमिफाइनल खेलमा अल–नासरलाई ३–२ गोलले पराजित गरेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि अल–नासरले पराजयलाई टार्न सकेन । खेलको अन्त्यतिर अल–नासरले खेल बराबरीमा ल्याउने तीनवटा गतिलो अवसर खेर फालेको थियो ।
खेलमा सुरुवात अग्रता कावासाकी फ्रन्टेलले लिएको थियो । जापानी क्लबका लागि पहिलो गोल निर्धारित समयको १०औँ मिनेटमा तात्सुयाले गरेका थिए । तर, कावासाकीको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको २८औँ मिनेटमा अल–नासरका लागि साडियो मानेले जवाफी गोल गरेका थिए ।
उनी लिरभपुलका पूर्वखेलाडी हुन् । त्यसपछि खेलको ४१औँ मिनेटमा कावासाकीका लागि युतो ओजेकीले दोस्रो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा कावासाकी २–१ गोलले अगाडि रह्यो ।
यसैगरी, निर्धारित समयको ७६औँ मिनेटमा कावासाकीका लागि अकिहिरो लेनागाले तेस्रो गोल थपेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि अल–नासरका लागि आयमन याहाले दोस्रो गोल फर्काएका थिए ।
तर, त्यसपछि गोल फर्काउन नसकेपछि अल–नासर उपाधि होडबाट बाहिरिन बाध्य भयो । दोस्रो हाफमा रेफ्रीले अतिरिक्त रुपमा ६ मिनेट समय थप गरेका थिए । सोही अवधिमा रोनाल्डोको तीनवटा सशक्त प्रहार गोल हुनबाट चुकेको थियो ।
इन्जुरी समयमा रोनाल्डोले प्रहार गरेको फ्रि–किकलाई विपक्षी टोलीका गोलरक्षकले जोगाएका थिए । त्यसपछि डी–बक्स नजिकैबाट रोनाल्डोले गरेको अर्को शक्तिशाली प्रहारलाई पनि गोलरक्षक लुइस यागागुचीले विफल पारेका थिए । इन्जुरी समयको खेल सकिनुभन्दा ठिकअघि रोनाल्डोले अर्को अवसर गुमाएका थिए । तर, डी–बक्सिभित्र पाएको बललाई पनि उनले सदूपयोग गर्न सकेनन् ।
फाइनलमा कावासाकी फ्रन्टेलले साउदी क्लब अल–आहली*सँग उपाधिका लागि भिडन्त गर्नेछ । अल–आहली भने सेमिफाइनलमा अल–हिलाललाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल मे ३ तारिखमा खेलिनेछ ।
*सच्याइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण